प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०८१-०३-०६

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१० स्थित ब्ल्याक हावर क्याफेमा जुवातास खेलिरहेको अवस्थामा क्याफे संचालक सोही  महानगरपालिका-१० बस्ने २४ वर्षीय रोसन मेहता समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट शिव पार्वती र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३१ हजार ६ सय ५५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार