प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित पक्राउ

२०८१-०३-०७

  • A
  • A-
  • A+
Share

पाल्पा, तिनाउँ गाउँपालिका-४ सत्यवती बस्ने ५१ वर्षीय कुल बहादुर कनौजेलाई एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने केप ११ वटा, छर्रा ६ वटा र बारूद करिब २० ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुल बहादुरले बाँदर लखेट्नको लागि बन्दुक लिई खेतमा जाने क्रममा अचानक लड्दा निजले बोकेको बन्दुक पड्किँदा बन्दुकको छर्रा लागेर उनीसँगै रहेको सोही ठाउँ बस्ने ४१ वर्षीय लेक बहादुर घर्ती समेत ३ जना व्यक्तिहरू घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । साथै घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएकोमा थप उपचारको लागि त्रिबि शिक्षण अस्पताल महाराजगंज काठमाडौंतर्फ पठाइएको छ । 

सल्यान, बागचौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेर बहादुर वलीलाई भरूवा बन्दुक २ थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।