प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियारसहित तीन जना पक्राउ

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

उदयपुर, त्रियुगा नगरपालिका-१२ बाट चाईनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । 

ताप्लेजुङ, पाथीभरा याङबरक गाउँपालिका-४ डुम्रिसे बस्ने ४३ वर्षीय नरेश फुयाङ लिम्बुलाई भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद, सिसाको टुक्रा र दाउ १ थानसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । 

सर्लाही, लालबन्दी नगरपालिका-१५ बोरे डाडा बस्ने ५० वर्षीय रामलाल मोक्तानलाई मेड इन युएसए लेखिएको रिभल्वर १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मोक्तानको घर तलासी गर्दा उक्त रिभल्वर फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।