प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी गरेको अभियोगमा ६ जना पक्राउ

२०८१-०३-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्‍वास दिलाई नगद १३ करोड ७३ लाख ५२ हजार २ सय ५६ रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका-१६ बस्ने ५१ वर्षीय राजु महर्जन, ललितुपर महानगरपालिका-१० कुपण्डोल बस्ने ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पा तानसेन नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने ५३ वर्षीय निरन्जन कुमार श्रेष्ठ, कास्की रूपा गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५९ वर्षीय चिरञ्जिबी पौडेल र स्याङजा वालिङ नगरपालिका-११ घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ६१ वर्षीय शान्ति रमण पंगेनी रहेका छन् । 

काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित कंलकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका संचालक समितिका अध्यक्ष नरेन्द्र समेतले कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्‍वास दिलाई पीडितहरूबाट उक्त रकम लिई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।