प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

 काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ किसिपिडी डेरा गरी बस्ने बिनोद तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ५ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवाँनपाउ डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-६ घर भएका ५० वर्षीय वाच्छु तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार