प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोलसहित एक जना पक्राउ

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

झापा, बिर्तामोड नगरपालिका-७ फक्तालुङ टोल बस्ने ३० वर्षीय सुरेश पराजुलीलाई १ थान कटुवा पेस्तोलसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सुरेशले आफ्नै भाउजुसँग झगडा गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी गरामनी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको क्रममा घर नजिकै निबुवाको बोटमुनि लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।