प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पाँच जना पक्राउ

२०८१-०३-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कमलपोखरी बस्ने भारत उडिशा राज्य केन्द्रवडा घर भएका ४० वर्षीय कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-७ घर भएका ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाडौं डल्लु बस्ने धादिङ निलकण्ठ नगरपालिका-२ घर भएका ३८ वर्षीय दिपक थापा, काठमाडौं लाजिम्पाट बस्ने दाङ घर भएका ३५ वर्षीय बसन्त चौधरी र काठमाडौं महानगरपालिका-१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन रहेका छन् । 

कागेश्‍वरी मनोहरा नगरपालिका-७ विष्ट गाउँ घर भएका ३१ वर्षीय पुरूषलाई कलाकार दासले नक्कली सुनको मूर्ति देखाई उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति १ थान र नगद १४ लाख रूपैयाँ प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।