प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०३-१९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-७ खाडिचौर बस्ने ४८ वर्षीय पिटर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने ३७ वर्षीय दावा तामाङ समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी चौकी लामोसाँघुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ७ सय ९५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार