प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित एक जना पक्राउ

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिन सहित भारत बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया-५ बस्ने २७ वर्षीय महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको वीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यान समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।