प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०८१-०३-१९

  • A
  • A-
  • A+
Share

रोल्पा, गंगादेव गाउँपालिका-६ देवलटाकुरा बस्ने ४४ वर्षीय कमल वलीलाई १ थान भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वलीले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ४२ वर्षीय जय बहादुर खड्कासँग पानीको मुहान सफा गर्ने विषयलाई लिई वादविवाद हुँदा हातपात समेत भएको र वादविवाद पश्चात वलीले आफ्नो घरमा गई भरूवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार