प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न तीन जना पक्राउ

२०८१-०३-२०

  • A
  • A-
  • A+
Share

बारा कलैया उपमहानगरपालिका-५ पर्साटोल बस्ने ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बारा आदर्शकोतवाल गाउँपालिका-५ बस्ने ३४ वर्षीय सुरेश ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, सोही गाउँपालिका-५ बस्ने ४५ वर्षीय महादेव महतो नुनिया र बारा कलैया उपमहानगरपालिका-५ घर भएका ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति रहेका छन् । 

पर्सा जगरनाथपुर गाउँपालिका-१ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा गत जेठ २९ गते रामएकवाल र सुरेशको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पारिवारिक रिसईवी तथा जग्गा जमिनको विवादको विषयलाई लिएर योजनावद्ध तरिकाले उनीहरूले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान गर्नुका साथै प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।