अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७८-०९-०६
- A
- A-
- A+
तनहुँ, बन्दीपुर गाउँपालिका-२ बन्दिपुर बसपार्कबाट सोही गाउँपालिका-६ धरमपानी बस्ने २७ वर्षीय राम गुरुङ लगायत ३ जनालाई करिब २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
धरमपानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३९९१ नम्बरको जिपलाई ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जिपमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।