प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक थान कटुवा पेस्तोल सहित दुई जना पक्राउ

२०८१-०३-२९

  • A
  • A-
  • A+
Share

बारा, महागढीमाई नगरपालिका-११ बस्ने ४० वर्षीय राम कृपाल साह र २४ वर्षीय समसुदिन अंसारीलाई १ थान कटुवा पेस्तोल सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू बीच एकआपसमा झैंझगडा हुँदा दुवै पक्षलाई प्रहरी चौकी बरियापुरमा ल्याई छलफल गराउने क्रममा उनीहरूले महागढीमाई नगरपालिका-११ मधुरी गाउँ स्थित आँपको रूखमुनी कटुवा पेस्तोल गाडी राखेको खुल्न आए पश्चात प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो । साथै अनुसन्धानको लागि समसुदिनको बुवालाई समेत प्रहीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।