बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०९-०७
- A
- A-
- A+
सुनसरी, बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालका-१३ का ३८ बर्षीय मुन्ना थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको २०७६ वैशाख १६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ४ लाख ५० हजार ७ सय ६६ रुपैयाँ ६६ पैंसा जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत सुनसरीको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।