अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०४-०४
- A
- A-
- A+
डोल्पा, ठुलीभेरी नगरपालिका-३ दुनैबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १० ग्राम ७४ मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी नगरपालिका-८ बस्ने ३६ वर्षीया सितली बिक, रूकुम पश्चिम आठबीसकोट नगरपालिका-११ बस्ने २३ वर्षीय नविनजंग शाह र २१ वर्षीय करण पुन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय भज्जि रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, सुनवर्सी नगरपालिका-६ बालुबारी बस्ने ३० वर्षीया मधुदेवी मेहतालाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ७ सय ९० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाइनिया र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।