प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिउ मास्ने बेच्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०७८-०९-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, जिउ मास्ने बेच्ने (मानव बेचबिखन तथा ओसारपसार) कार्यमा संलग्न रहेको अभियोगमा २२ वर्षदेखि फरार बेल्जियम बस्ने संखुवासभा मादी नगरपालिका-३ जन्मस्थान भएका ५२ वर्षीय युवराज गुरुङलाई गत मंसिर २३ गते प्रहरीले पक्राउ गरेको  छ । 

एक महिलालाई वैदेशिक रोजगारीको सिलसिलमा बेल्जियम लैजाने भन्दै गुरङ समेतले ललाई फकाई पीडित महिलाको करिब ५० लाख रुपैयाँ नगद, सुनका गहना तथा घर समेत बिक्री गर्न लगाको रकम सहित २०५५ सालमा घरबाट काठमाडौं ल्याई आफन्तसँग सम्पर्क गर्न नदिई लुकाई बेपत्ता बनाएको भनी जिउ मास्ने बेच्ने मुद्दाको थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न नेपाली मूलका बेल्जियम नागरिक गुरुङलाई बेल्जियमबाट नेपालतर्फ कृषिजन्य वस्तुको व्यापार व्यवसाय गर्ने सिलसिलामा नेपाल आएको बेला ललितपुर महानगरपालिका-२ सानेपाबाट पक्राउ गरेको हो । 

गुरुङ समेतले पीडित महिलालाई नेपालबाट बेल्जियम जान मिल्दैन भारतको बाटो हुँदै जानुपर्छ भनि भारतको नयाँ दिल्लीसम्म ओसारपसार गरी एक महिनासम्म अलपत्र बनाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको उक्त व्यूरोले बुधबार जनाएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।