प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित एक जना पक्राउ

२०८१-०४-२१

  • A
  • A-
  • A+
Share

रौतहट, गढीमाई नगरपालिका-१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउतलाई १ थान कटुवा पेस्तोल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले उनको घरको आँगनमा झारपातले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।