प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०४-२४

  • A
  • A-
  • A+
Share

प्युठान, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका-२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पाल्पा, ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वखोला गाउँपालिका-१ बस्ने ४७ वर्षीय धन बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जब्गादी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी पाल्पा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-७ कुन्सरे बस्ने ४३ वर्षीय ईन्द्रबिर झेडीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । झेडीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।