प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०८१-०४-२५

  • A
  • A-
  • A+
Share

झापा, भद्रपुर नगरपालिका-१० केन्द्रमोड बस्ने ५४ वर्षीय चन्द्र प्रसाद गुरागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्र प्रसाद समेत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ११ हजार ८ सय ९८ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार