प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक र चोरीका सामान सहित तीन जना पक्राउ

२०८१-०४-२७

  • A
  • A-
  • A+
Share

झापा, अर्जुनधारा नगरपालिका-७ मिलडाँडास्थित ईन्दिरा अधिकारीको पसलबाट नगद लगायतका सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेका छन् । 

उक्त पसलबाट शुक्रबार राति ताला फुटाई सरसामानहरू चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई चाँदीको सिक्री ३ थान, चाँदीको पाउजु २ थान, चाँदीको औठी २ थान, नेपाल टेलिकमको ५० दरको रिचार्ज कार्ड १९ थान, एनसेलको ५० दरको रिचार्ज कार्ड ५ थान, सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा १ थान भरूवा बन्दुक छिरिङको घरबाट र चोरी गर्दा प्रयोग भएको १ थान खुकुरी किराना पसलमा फेला पारी प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।