प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कौडा खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०९-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर

 बकैया गाउँपालिका-९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय दावा लामा बम्जन समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६७ हजार ६ सय ३५ रुपैयाँ  र कौडा सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार