प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बुवाको हत्या गरेको अभियोगमा पक्राउ

२०८१-०४-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, आफ्नै बुवा ६० वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-७ पन्थचौरी लामपात बस्ने २१ वर्षीय अमृत घिमिरे विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

अमृतले लाल बहादुरलाई सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले अमृतलाई बन्चरोसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार