प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने व्यक्तिहरू पक्राउ

२०८१-०४-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मी र काठमाडौं महानगरपालिका-२३ बिशालबजार बस्ने जगन्ननाथ ज्वलेर्सका संचालक भारत पश्चिम बंगाल राज्य मोदिनिपुर घाटल थाना कुशपता ग्राम घर भएका ५२ वर्षीय चित्र रञ्जन हजारा रहेका छन् । 

काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित नारायण ज्वेलर्सबाट करिब ५२ वर्षीया अपरिचित महिलाले शुक्रबार दिउँसो सुनका गहना खरिद गर्ने भनी २ तोला २० लालको सुनको सिक्री लिई फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न लिनालाई ललितपुर पुल्चोकबाट पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा लिनाले चोरी गरेको सुनका गरगहना काठमाडौं न्यूरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि ज्वेलर्सका सञ्चालक रञ्जनलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

लिनाले यस अघि चोरीका करिब १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ भने प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री १ थान समेत बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।