नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०९-१२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय ६० एम्पुल डाईजेपाम, १ सय ६० एम्पुल नुर्फिन र १ सय ६० एम्पुल फेनारगन सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पालिनन्दन गाउँपालिका-३ बस्ने २९ वर्षीय राजुराम अबध जैसवाल र सोही ठाउँ बस्ने २४ वर्षीय मुन्ना चौहान रहेका छन् । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ८७०० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ स्थित सडकबाट कैलाली लम्किचुवा नगरपालिका-४ बस्ने २४ वर्षीय कर्ण बोगटीलाई नियन्त्रित लागूऔषध २ सय १५ पिस फेनिरामाइल एभिल, १० पिस नाईट्राभेट र २ सय १० पिस ट्रामाडोल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।