प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८१-०५-०७

  • A
  • A-
  • A+
Share

बैतडी, पाटन नगरपालिका-४ मोहनपुरस्थित अन्नपुर्ण होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश सिंह बिष्ट समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो 

डडेल्धुरा,अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने खडक बहादुर देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा खडक बहादुर समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ३ सय ५५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार