प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रिभल्बर र ६ राउण्ड गोली सहित एक जना पक्राउ

२०८१-०५-१४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१० दोभान बस्ने ४७ वर्षीय भिम बहादुर हायुलाई रिभल्बर र सोही रिभल्बरको गोली ६ राउण्ड सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । 

भिम बहादुरको घरमा हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले घर तलासी गर्दा चामल राख्ने प्लास्टिको ड्रमभित्र लुकाई राखेको अवस्थामा उक्त रिभल्बर र गोली फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार