प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८१-०५-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-९ दिपज्योतीस्थित मकवानपुर बागमती गाउँपालिका-८ घर भएका २५ वर्षीय राज कुमार लामाको होटल शुभयात्रा गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रूपैयाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार