नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०९-१३
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका-१५ स्थित सडकबाट सोही महानगरपालिका-१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफलाई नियन्त्रित लागूऔषध ३ सय ५० एम्पुल नुफिन, ३ सय ५० एम्पुल डाइजेपाम र ३ सय ५० एम्पुल फेनारगन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बिक्रमले बोकेको झोलाभित्र प्लाष्टिकमा लुकाइ ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।