प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

२०८१-०५-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा टोखा नगरपालिका-३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

कमलाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका-३ मनकामना टोलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने ५५ वर्षीया मिना घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मिनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-०२

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कञ्चनुर भीमदत्त नगरपालिका-१८ घर भएकी ५१ वर्षीया गीता भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ ।  गीताले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।