प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२०८१-०५-३०

  • A
  • A-
  • A+
Share

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

मोरङ, ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५५ वर्षीय अहिलाल माझी समेत ९ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल १५ थान लगायतका सरसामान सहित पक्राउ गरेको हो । 

बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानीस्थित कुशल वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दैलेख भगवती माई गाउँपालिका-२ घर भएका ३६ वर्षीय जय बहादुर सुनार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय ७० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८२-०२-२७

काठमाडौं, नागार्जुन नगरपालिका-४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोक बस्ने ६६ वर्षीय झुपलाल गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपलाल समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद १० हजार ६ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८२-०२-२५

काठमाडौं, काठमाडौं महानगरपालिका-३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङस्थित साथीभाई खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिना समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।