प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रिभल्वर र भरूवा बन्दुक सहित तीन जना पक्राउ

२०८१-०६-०५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट मेड इन कानपुर लेखिएको ५ राउण्ड गोली लोड गरेको सानो रिभल्वर १ थान र गोलीको खोका १ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश पिपरागाउँ वस्ती बस्ने ३२ वर्षीय प्रितम कुमार र २५ वर्षीय सुरज दुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको युपि ५१ एम ०५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रिभल्वर सहित फेला पारी पक्राउ गरेको हो । 

ताप्लेजुङ, फक्तालुङ गाउँपालिका-५ बस्ने जित बहादुर लिम्बुलाई एकनाले भरूवा बन्दुक १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-५ स्थित देबिस्थान जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको ३ थान भरूवा बन्दुक फेला पारी बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।