प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित ४ जना पक्राउ

२०७८-०५-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, २०७८ भदौ १ गते
  काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलि मिलन चोक डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका-९ घर भएका ४२ वर्षीय संजिव राईलाई १८ केजी अवैध लागूऔषध गाँजा र नगद १३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकस्थित सडकमा बा.५ प १४० नम्बरको गाडीबाट १ सय २० किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ सिरानचोक बेसी बस्ने ३२ वर्षीय विर बहादुर ब्लोनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीभित्र रहेको पानीको ट्यांकीभित्र उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक ब्लोनलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका-२ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमाबर साँझ प्रहरीले पक्राउ गरेको छ । लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक रानालाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका प्युठान प्युठान नगरपालिका-८ खप्रिङ खोला बस्ने २९ वर्षीय बिकास महोत्रा क्षत्रीलाई समेत नगद १४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।