प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

२०८१-०६-०८

  • A
  • A-
  • A+
Share

मोरङ, पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका चन्द्र बहादुरकै ज्वाई कानेपोखरी गाउँपालिका-५ बस्ने २९ वर्षीय रविन राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

चन्द्र बहादुरको गत शनिबार आफ्नै घरमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनापश्चात फरार भएका रविनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्याल धनकुटाको समन्वयमा धनकुटा मुलघाट भन्ने स्थानबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्र बहादुर र रविन बिच मादक पदार्थ सेवन पश्चात बादविवाद हुँदा रविनले धारिलो हतियार फलामको दाउ प्रहार गर्दा चन्द्र बहादुरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।  


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।