प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

२०८१-०६-१३

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-७ भानु चोक बस्ने बिष्णु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय राम सिंह चौधरी समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ७ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बिजयनगर बस्ने केशव सिंह गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ६६ वर्षीय केशर सिंह गुरूङ समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ३ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार