प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०६-१४

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-६ संगम टोल बस्ने धने गरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४९ वर्षीय मोहन बहादुर सिंह समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

 इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार