प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८१-०७-०१

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडस्थित ४८ वर्षीय बिरेन्द्र लामाको हिमाली किचनमा जुवातास खेलिरहेको अवस्थामा बिरेन्द्र समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ५७ रूपैयाँ, विभिन्न विदेशी मुद्रा र २ सय १३ पत्ति तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-१२-०४

सर्लाही, लालबन्दी नगरपालिका-१६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ४३ वर्षीय सन्तोष केसी समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी टोलस्थित पसल संचालन गरी बस्ने गढवा गाउँपालिका-८ कोईलाबास घर भएका ३५ वर्षीय अतिकुर रहमान फारूकीको पसलमा जुवातास खेलिरहेको अवस्थामा अतिकुर समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।