प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कौडा खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०९-१८

  • A
  • A-
  • A+
Share

तनहुँ,  ब्यास नगरपालिका-११ मझाङदी बस्ने ४५ वर्षीय नारायण भन्ने खगेन्द्र गुरुङले संचालन गरेको सोही ठाउँस्थित मझाङदी कटेजमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबा खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ४० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार