प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८१-०७-१३

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित दैलेख आठबिस नगरपालिका-८ बस्ने २८ वर्षीय मान बहादुर सिजापतीको हाम्रो कर्णाली होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ४४ वर्षीय भिम बहादुर बम समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार १ सय ४० नेपाली रूपैयाँ, ८ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार