प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित तीन जना पक्राउ

२०८१-०७-२०

  • A
  • A-
  • A+
Share

बाजुरा, गौमुल गाउँपालिका-६ सटेडाबाट भरूवा बन्दुक १० थान र बन्दुकको नाल ३३ थान सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका-१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् । गोरेको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेका उक्त बन्दुक फेला पारी गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।