प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित एक जना पक्राउ

२०८१-०७-२२

  • A
  • A-
  • A+
Share

दाङ, लमही नगरपालिका-३ बनगाउँस्थित हरियाली टोल बस्ने ४० वर्षीय गणेश कुमाललाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कुमालले आफ्नै घरमा अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुक २ थान, खाली बट, बन्दुकको काठको बट १ थान, बन्दुक नाल १ थान, बन्दुकको नाल बनाउन प्रयोग हुने फलामको पाईप १ थान, बारूद जस्तो देखिने पदार्थ २ सय १२ ग्राम २ सय ३० मिलिग्राम, छर्रा १ सय ३५ थान, केप १८ थान, ठुलो गोली २९ थान लगायतका हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।