प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०९-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-७ फोर्सपार्कस्थित रमेश माषिमाले संचालन गरेको खाजा पसलमा तास खेलिरहेको अवस्थामा १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ८ सय ४० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार