प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

२०८१-०७-२९

  • A
  • A-
  • A+
Share

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ बस्ने कृष्ण बहादुर कार्कीको कोठाबाट सुन, चाँदीको गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा शैलुङ गाउँपालिका-५ बस्ने ३४ वर्षीय नविन भन्ने रवि कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

कृष्ण बहादुरको कोठाबाट कात्तिक १३ गते सुन, चाँदीको गरगहना तथा नगद सहित करिब २ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न रविलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो । 

उनी उपर चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।