अवैध लागूऔषध सहित पक्राउ
२०७८-०९-२०
- A
- A-
- A+
तनहुँ, ब्यास नगरपालिका-६ किरियापानी बस्ने भगवती श्रेष्ठलाई ३ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरबाट करिब १० ग्राम अवैध लागूऔषध चरेश र नगद ३९ हजार ४ सय ३० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र प्याकुरेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० टिकापुरबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय करण राजवंशी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले करणको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।