प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ

२०८१-०८-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-६ लोलाङ बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-१ थुमन घर भएका ३१ वर्षीय बुद्धी बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-५ भार्खु घर भएका ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवा गोसाईकुण्ड गाउँपालिका-६ धुन्चे घर भएका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवा कालिका गाउँपालिका-१ राम्चे घर भएका ४८ वर्षीय गोपाल तामाङ रहेका छन् । 

उनीहरूले गत असोज ४ गते काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीबाट पीडितहरूलाई ट्याक्सीमा राखी बुढानिलकण्ठ नगरपालिका नारायणस्थानस्थित शैलजा रिसोर्टमा लगि बन्धक बनाई कुटपिट गर्नुका साथै बैंकको चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाई रकम समेत माग गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।