प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

२०८१-०८-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार