प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिष्फोटक पदार्थ सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ

२०८१-०८-१५

  • A
  • A-
  • A+
Share

झापा, बिष्फोटक पदार्थ सम्बन्धी कसूरका फरार २ जना प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला ठेगाना भएका ३६ वर्षीय राज कुमार माझी र कानेपोखरी गाउँपालिका-६ शिवालय टोल ठेगाना भएका २० वर्षीय धिरज माझी रहेका छन् । 

बिर्तामोड नगरपालिका-६ स्थित शमशेर एण्ड गंगादेवी टि स्टेट प्रालिको पश्‍चिम पर्खाल नजिकै गत भदौ २८ गते आम सर्वसाधारणलाई आतंकित तुल्याउने उदेश्यले बिष्फोटक पदार्थ राखेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उक्त कार्यमा संलग्न राज कुमारलाई मोरङ उर्लाबारी नगरपालिका-७ उर्लाबारी चोकबाट र धिरजलाई मोरङ पथरी शनिश्चरे नगरपालिका-१ जातेरोडबाट पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत झापाबाट बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा ३ दिन म्याद थप अनुमित लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


   


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।