प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८१-०८-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ दुङगु खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा १७ किलो ६ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जिल्ला पर्सागढी नगरपालिका-८ बस्ने ४६ वर्षीय देबिलाल सहनी र सोही नगरपालिका-१ बस्ने  ३२ वर्षीय राम नारायण राम रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  


इलाम, सूर्योदय नगरपालिका-८ छिपिटार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम, गाँजा करिब ५० ग्राम, नगद १५ हजार ८ सय ५० नेपाली रूपैयाँ, भारतीय रुपैयाँ ३ हजार ८ सय, मोबाइल ६ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय हिमाल शाक्य र ताप्लेजुङ घर भएका २४ वर्षीय बिकाश भुजेल रहेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले हिमालको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ३० ग्राम सहित नवलपरासी बर्दघाट नगरपालिका-१६ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको  प्रहरीले मनहरीबाट लोथरतर्फ आउँदै गरेको ना.१ ज ८९७१ नम्बरको म्याजिकमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको   हो । 

दाङ, घोराही उपमहानगरपालिका-१३ बर्माचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय २० मिलिग्राम, नगद १४ हजार ७ सय रूपैयाँ र मोबाइल १ थान सहित रोल्पा परिवर्तन गाउँपालिका-६ बस्ने ३० वर्षीय बिरेन्द्र बुढा मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ९० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित सोही नगरपालिका-१ बनगाउँ बस्ने २३ वर्षीय शिवम थापामगर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, महालक्ष्मी नगरपालिका-४ ओचुहाईटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम, नगद १० हजार ६ सय ३० रूपैयाँ र मोबाइल २ थान सहित ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने सर्लाही लालबन्दी घर भएका ३० वर्षीय युवराज रायमाझी र महालक्ष्मी नगरपालिका-४ ओचुहाइट बस्ने २६ वर्षीय मुकेश देवलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले ललितपुर महानगरपालिका-४ भनिमण्डलबाट नियन्त्रित लागूऔषध नुफिन ३ पिस, डाइजेपाम ६ पिस, फेनारगन ६ पिस र ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम ४ सय ४० मिलिग्राम, नगद १ लाख ७९ हजार १ सय ५०, मोबाइल ९ थान, ल्यापटप १ थान, क्यामेरा १ थान, क्यामेरा लेन्स १ थान, डिजिटल तराजु १ थान सहित ललितपुर सानेपा बस्ने गुल्मी घर भएका २५ वर्षीय निरञ्जन राना र २० वर्षीय निश्चल लामालाई पक्राउ गरेको छ । 

पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७१ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बोरिङ टोल बस्ने २५ वर्षीय अमजद मिया र ३४ वर्षीय सुरज प्रसाद सर्राफ रहेका छन् । प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०३-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बाइसधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशान्त पुतुवारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ बस्ने २६ वर्षीय विजय नेपाली र धनगढी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय अभिशेक हमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट चटकपुर र प्रहरी चौकी  कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, जानकी गाउँपालिका-७ मोतीनगर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-१ बस्ने २३ वर्षीय शिव बहादुर चौधरी र जानकी गाउँपालिका-७ बस्ने ३३ वर्षीय देसराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय  टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलाचौर केदार टोल बस्ने ६० वर्षीय राम सिंह साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो १ सय ५५ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  चितवन, भरतपुर महानगरपालिका-४ धर्मचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ३० मिलिग्राम सहित ६ जनालाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माडी नगरपालिका खर्कट्टा घर भएका २४ वर्षीय सागर सुनार, भरतपुर महानगरपालिका-३ आनन्द मार्ग बस्ने २२ वर्षीय अजय रौनियार शाह, ३३ वर्षीय अस्फाकउल्लाह शाह, सोही महानगरपालिका-४ बस्ने ४० वर्षीया अनितादेबी साह, २५ वर्षीया निसादेबी साह र १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ अदालत रोडस्थित खाजा पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ९९ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय सन्तोष प्रसाद कहार र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय राजेश यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत उत्तर प्रदेश सोहरतगढ ग्राम रमजान घर भएका २२ वर्षीय हस्मत अलि अन्सारीबाट खरिद गरेको भन्ने खुल्ल आएपश्‍चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम सहित बुढीगंगा गाउँपालिका-७ बस्ने २५ वर्षीय राज कुमार लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-३१

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित फलफूल मण्डि नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ हजार ९ सय ट्याब्लेट सहित काठमाडौं महानरपालिका-१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २६ वर्षीय राजु मिजारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खालि जग्गामा रोकी राखेको युपि ७८ सिबि ९८३५ नम्बरको कार तलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डर भित्र लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दैलेख भगवतीमाई गाउँपालिका-३ बस्ने २८ वर्षीय हिमाल खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा पुल नजिकैबाट नियन्त्रित लागूऔषध नोफिन ३ एम्पुल,  डाइजेपाम ६ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ७ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र मोबाइल १ थान सहित काठमाडौं जडिबुटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१६ भोरलेनी घर भएका २९ वर्षीय अमन तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको   छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय पहल मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-९ आमबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय विवेक लिम्बुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०२-३०

कपिलवस्तु, मायादेवी गाउँपालिका-१ सिमरौटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८८ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद कुमार पाण्डे र सोही गाउँपालिका-८ बस्ने ३५ वर्षीय श्याम सुन्दर यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले फुलिकादेखि बर्रोहियातर्फ आउँदै गरेको लु.९५ प ६०८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय २० मिलिग्राम सहित सिन्धुली दुधौली नगरपालिका-१० बस्ने ३३ वर्षीय अर्जुन कटुवाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटरमा सवार अर्जुनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न उदयपुर कटारी नगरपालिका-२ बस्ने ३३ वर्षीय सुमन माझिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २ ट्याब्लेट र कोलिवान ९२ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २३ वर्षीय दिपेश जैसवाल र सोही उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय राम आङला लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ राधेराधेबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ सय ४६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित भक्तपुर पुरानोठिमी बस्ने खोटाङ घर भएका २६ वर्षीय केवल राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ निकोशेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ कुण्डोल बस्ने २२ वर्षीय रिकेश थापा, सोही नगरपालिका-६ कुण्डोल बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भएका ३२ वर्षीय तारा बहादुर भारती र काठमाडौं चन्द्रागिरी नगरपालिका-७ थानकोट बस्ने २२ वर्षीया रेश्मा ठकुरी रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-४ बानियाभार एकान्त टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय गुड्डु दमाई र ५१ वर्षीय अकुव खाँ पठान रहेका छन् । प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-९ फूलबारीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७ एम्पुल, फेनारगन ७ एम्पुल, डाईजेपाम ५ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय क्षितिज तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।   कञ्चनपुर, पुनर्वास नगरपालिका-४  जमुनाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र २५ वर्षीय भिमजंग कठरिया रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, नरहा गाउँपालिका-३ चौहर्वा चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाईट्राजेपाम ४० ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-३ बस्ने २३ वर्षीय उमेश कुमार साह र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय सलम खान रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ६२ वर्षीया संगमाया स्याङ्वोलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले गैरीगाउँबाट लालबन्दीतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००२ स ४१५१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०२-२९

तनँहु, आँबुखैरैनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-४ बस्ने १९ वर्षीया सुशिला सुनार र २० वर्षीय सुवास परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.-०२-०२६ प १०३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अर्नमा गाउँपालिका-३ घर भएका २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका-८ कसहा घर भएका २२ वर्षीय संतोष कुमार महतो र  औरही गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सिराहा, गोलबजार नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन कुमार साह समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २४ वर्षीय बिमल कुमार महतोले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले बिमलको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम फेला पारी बिमललाई समेत पक्राउ गरेको छ । सल्यान, त्रिवेणी गाउँपालिका-६ लुहामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय अबिषेक नेपाली र सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश आले मगर रहेका छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लु.३४ प ६७६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रिसव चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-४ जोरसालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने ३० वर्षीय सागर लिम्बु र सोही नगरपालिका-१ बस्ने झापा बिर्तामोड घर भएका ३४ वर्षीय रोहित न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ गुप्तिपुर बस्ने २७ वर्षीया नन्दा श्रीमाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-९ गरगरेबाट नियन्त्रित लागूऔषध फेनारगन २४ एम्पुल, डाईजेपाम २४ एम्पुल, नोर्फिन २४ एम्पुल र नगद ३६ हजार १ सय ४० रूपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय बहादुर सोमै मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले बा.२८ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०२-२९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित सिराहा बिष्णुपुर गाउँपालिका-३ घर भएका २१ वर्षीय अमन यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख ३५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपहानगरपालिका-१६ जोरसखुवा भूमीपथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोहित बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।