प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ

२०८१-०८-२४

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-१३ साँगा चोकबाट सुन जस्तो देखिने पहेंलो धातु करिब ५ सय ५८ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका-१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो । 

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उक्त धातु सहित पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।