हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०८-२४
- A
- A-
- A+
सर्लाही, आफ्नै आमा ६५ वर्षीया फुल कुमारी देवीको हत्या गरेको अभियोगमा विष्णु गाउँपालिका-६ सिमरा बस्ने ३२ वर्षीय भगलु मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको क्रममा भगलुले कुटपिट गर्दा फुल कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फेन्हराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी फुल कुमारीको थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।