प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली नागरिक पक्राउ

२०८१-०८-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा रहेका क्यासिनोहरूमा नेपाली नागरिकले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई प्रवेश गरी जुवा खेल्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलस्थित छाँया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेष्टीमा जुवा खेलिरहेको अवस्थामा बर्तौलालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड समेत बनाएको खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।  


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।